nepali comedy jokes more than +1000 nepali comedy jokes

61) घुस खाने नेता :

एक चोटी म नेता नभई छोड़दिन
नेता भए पछि पैसा नकमाई मर्दिन |

चुनाउको बेला जनताको घर घरमा धाउँछु
चुनाउ जिते पछी म सुईत्त हराउँछु |

चुनाउको बेला जनताको खुट्टा ढोक्छु
चुनाउ जिते पछी उल्टै जनतालाई टोक्छु |

भोटको बेला बिरालो जस्तै, म्याऊ-म्याऊ गर्छु
जनताको लागि होईन, म त कुर्सीकै लागी लड्छु|

चिप्ले बोलीले जनतालाई लड़ाउँछु
घुस खाको पैसाले बिल्डिंग ठड़ाउँछु |

भोटको बेलामा मिठो-मिठो बोल्छु
नेता भए पछी विदेश ब्यंकमा एकाउन्ट् खोल्छु |

म भन्छु, घरको आँगनमै रोड पुराई दिन्छु
नेता भए पछी म त, लण्डनमा घर पो किन्छु |

गाउँ-गाउँमा गएर बिजुली पानीको लोभ देखाउंछु
भोट जिते पछी जनताको स्यक्पा सुकाऊंछु |

नेता भए पछी चिल्लो गाड़ीमा कुद्छु
कुर्सीमा बसी-बसी जनताको पसिना लुट्छु |

हरेक चिजको दाम बड्छ, जनतानै मर्छ
यता उता गर्यो मेरै गोजी भर्छ |

पांच बर्ष भित्रमा म हुन्छु माला-माल
जनताको घरमा चैं माकुराको जालै-जाल |||……….

62) गोर्खे नेता :

बिमल गुरुंगले जनतालाई पट्टाए
जनताले घिसिंगलाई सात डाँड़ा कट्टाए |

घिसिंगले गोर्खाल्याण्ड माग्दा माग्दै, छैटौं अनुसूचिमा निप्ट्यो
छैटौं अनुसूची खानु नपाई, लिस्नु बाट जिप्ट्यो |

विमलले गोर्खाल्याण्ड माग्दा माग्दै, जी.टि.ए.मा अड्कायो
बुद्ददेवले चिप्ले लगाई, आदिबासीलाई भड़कायो |

बिर्षा मुन्डाले बुझेनन्, बुद्ददेवको चाल
कलकत्ताको रसगुल्ला देखेर, मुख भरी राल |

नेपालि र आदिबासी, भेड़ा जस्तै जुझ्छ
बुद्ददेव चैं खुचिंग मार्दै, आनन्दले सुत्छ |

जनतालाई बनाए यता न उता
गोर्खाली नेता कुवाकै भ्यागुता |

दार्जिलिंगमा बसेर गोर्खाल्याण्ड मांग्छ
दिल्लीमा पुगे पछी थर-थर काँप्छ |

गोर्खाल्याण्ड चाईयो भन्दै आफ्नै लालकोठी घेर्छ
दिल्लीमा के जान्थ्यो, तिन पाथी छेर्छ |

घर भित्र बाट कराउँछ, कुरा अघी बड़ाउ खुरुक्क
कलकत्ता पुगे पछी, ममताको अघाड़ी लुरुक्क |

आमरा बंगाली एक भई जुटेका
हाम्रा गोर्खाली सबै फुटेका |

गोर्खाली नेता बान हाना-हान
आखिरमा चाहिएको त्यही गोर्खाल्याण्ड !!….

63) सित्तैमा कुट्टाई खानु छ र ?

हमजाएगा र उसको साथी ट्रेनमा गई रहेको बेला एक जाना अन्जान भकभके मान्छेले भकभक गर्दै हमजाएगालाई टाईम् सोध्छ : भा .. भा .. भा .. भाई ! अ .. अ … अ.. अहिले,,,,, टा.. टा .. टा .. टाईम् ,,,, क .. क .. क .. कती,,, भ.. भ .. भ.. भयो ? तर हमजाएगाले टाईम् बताउँदैन | त्यो मान्छेले फेरी सोध्छ | हमजाएगा झन् अर्को पट्टि फर्केर चुप लागेर बस्छ | स्टेसन पुगेपछि सबै उत्रिन्छ |

साथीले हमजाएगालाई खुसुक्क सोध्छ : अघी एउटा मान्छेले टाईम् सोध्दा तिमीले किन नबताको ?

हमजाएगा : सित्तैमा कुट्टाई खानु छ र ?

साथी : अनि टाईम् बताउँदा पनि कुट्टाई खाईन्छ त ?

हमजाएगा : अन्त म आफै पनि भकभके, त्यसरीनै बोले पछी जिस्काको भनेर कुट्दैन त ? !!!!!

64) पहाड़की सोझो युवती

मन बाहादुरले बिहे गर्ने भनेर राम्रो बेवहार भएकी केटि खोज्दा खोज्दा कहीं भेटेन| अन्तमा एक जाना बुड़ाले भनेछ: हेर नानि, पहाडको कुना बस्तीको केटीहरु सारै सोझो, सिधा अनि कसैले नछोएको हुन्छ | बरु एकचोटी त्यता गएर हेर्नु |

एक दिन मन बाहादुर केटि खोज्न पहाड़ तिर लाग्छ | बल्ल बल्ल एउटी केटीलाई पट्टाउँछ| केटीको नाम कमली | कमलिलाई लिएर फर्केर आउँदा एउटा शहरमा घुमाउन लान्छ | बजार घुम्दै जाँदा त्याहाँ थुप्रै केटीहरु भएको ठाउँमा पुग्छ | एउटीले बोलाउँछ : ओ भैया ! इधर आइए ,,, माल अच्छा है !!

कमली छक्क पर्दै सोध्छे : त्यो केटीलाई तपाइँले चिन्नु हुन्छ ?

मन बाहादुर : चिन्नु त चिन्दिन तर इनिहरु चैं पैसा कमाउँने धन्दा गर्छ |

कमली : कसरी कमाउँछ पैसा , तेसै बसी रहेको देख्छु त ?

मन बाहादुर : खै तिमीले कुरै बुझ्दैन हौ , इनिहरु संग एक छीनको लागि जोड़ी भएर सुत्यो भने पैसा दिनु पर्छ |

कमली : आपुई !!! यस्तो काम गर्दा पनि पैसा दिनु पर्छ र ?

मन बाहादुर : अनि दिनु त पर्छ त ,,,,

कमली : अन्त हाम्रो गाउँमा संधै जंगलमा गाई चराउँदा जेठाले कहिले पनि मलाई पैसा दिएन त !!!!!!!

65) त्यती नाथे चुना खानु सक्दैन ?

एउटा ठुलो पूलको निर्माण गर्न एक जाना ठुलै कनट्रेक्टरले टेन्डर पाउँछ | त्यसको दुई बर्ष पछी त्यही पूलमा चुना लगाउँने काम अर्को कनट्रेक्टरले पाउँछ | एक दिन पूलमा चुना लगाउँन भनि आउँछ | तर त्याहां पूल हुँदैन | अनि छक्क पर्छ | अब त्यो पूल बनाउने कनट्रेक्टरलाइ खोज्न हिंड्छ अनि बल्ल बल्ल भेट्छ |
चुना लगाउँने : खै हजुर, पूलमा चुना लगाउँने काम चैं मैले पाको छु र अहिले चुना लगाउँनु भनेर आको तर त्याँहा त पूल छैन त ??
पूल बनाउँने : हन के भन्छ हौ ? तिमी सायद कनट्रेक्टर होइन होला ! कनट्रेक्टर भएर यस्तो कुरा नगर्नु पर्ने ,,,
चुना लगाउँने : म कनट्रेक्टरनै हुँ |
पूल बनाउँने : खै मलाई त बिश्वाश्नै लागेन |
चुना लगाउँने : नपत्याए हेर्नु होस् , याँहा मेरो कन्ट्रेक्ट् लाइसिंस छ |
पूल बनाउँने : हेर्नु होस् भाई, कनट्रेक्टर भए पछी ठुला ठुला नेताहरुलाई आफ्नो हातमा राख्नु पर्छ | मैले त्यत्रो पूल डल्लै खानु साक्दा, तिमीले त्यती नाथे चुना खानु सक्दैन ??

66) अझै ब्रेक पनि छैन !

एउटा साईकलमा तिनजाना केटाहरु स्पीड आउँछ | रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा साईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन घन्टी पनि छैन, रोक रोक !!
केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !

67) दुई बुड़ीको पोई :

बुड़ेशकालमा बैंश आयो, तन्नेरी झैं भईयो
जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो |

बुड़ेशकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो,
कान्छी बुड़ी भने पछि, उस्को पादै मिठो |

जतिनै राम्रो बनाए पनि, जेठीले बनाकी तितो
नुनसरीको भए पनि, कान्छीले बनाकै मिठो |

जेठी माथी कान्छी ल्याइयो, झगड़ाको गुँड़
कान्छी सित बस्यो भने, जेठी रिसले चुर !

बुड़ीयाको च्यांग च्यांग, सुन्दा सुन्दा वाक्कै
दुइटा बुड़ी हुँदा पनि, कहिले कहिँ भोक्कै !

एक्लै हुँदा मिठो मिठो, खाइन्थ्यो मासु भात
हिज आज दिनौं खाइन्छ, दुई बुड़ीको लात !

पहिला पहिला एक अर्कामा, दिन्थौँ आफ्नो ज्यान
हिज आज जहिले तैले, जगटा ताना तान !

नया नया लव हुँदा, गर्थौं चाटा चाट
बिहे गरेर थोत्रे भईयो, अब काटा काट !

जेठी कान्छी झगड़ा पर्छ, जगटा छारा छर
छुट्याउँ भने लुते करंग, फुस्काई दिने डर !

बुड़ेश्काल्मा शान्ति छैन, दुइ बुड़ीकै पिर
टेन्सन बोकी हिँड़े म, रक्सि दोकान तिर !

रक्सि पिएर टन्न भई, धर्खरिंदै हिंडेँ
अन्धकारमा चिप्लिएर, गुए नालीमा गिरेँ !

लम्प्सार भइ लड़ेछु म त, उल्टी गर्दै सुतेँ
सुङ्दै आयो खिच्चा कुकुर, मुखमा तुरुक्क मुते

वेहोश भई लड़ी रहेँ, पेन्ट् भरि मुतेछु
आधा रातमा होश आयो, सुंगुरको खोरमा पो सुतेछु !

अन्ध्कारमा बामे सर्दै, हिँड़े अब घर
बल्ल बल्ल पुगेँ घर, दुई बुड़ीकै डर!

बुड़ीयाको डरले, चुप चाप बाहिरै बसेँ
धसिंगारे मान्छे देख्दा, बुड़ीया पनि तर्से !

कान्छीलाई हेर्दै मुसुक्क हाँसेँ, दारा ङिच्च्याउँदै
जेठी आइन् भालु जस्तै, नंग्रा फिजाउँदै !

मेरो पालो भित्र पसेँ, समान झट्टाउँदै
कान्छी आइन् किचन बाट, डाड़ू ठट्टाउँदै !

झट्टारोले हांने मैले, दुई बुड़ीलाई झ्याम् !
कान्छी आइन् दाह्रा किट्दै, तातो पुनेउले ड्याम् !

सकी नसकी बुड़ीयालाई, हानें फ्लाइंग किक
धर्खरिंदै हान्ने भाको, आफै उत्तानो चित !

जगटा समाई फनन घुमाई, निचरेँ कान्छीको गाँड़
जेठीको पालो मुङ्ग्रो टिपी, बजायो मेरो ढाड़ !

छोरी भईन् उँड़पुतली, छोरा चैँ भयो गुन्डा चोर्
बुड़ेशकालमा आमा बाबु चैँ, गाँड़ कोरा कोर !

बुड़ीयाले कोपरेर, अनुहार भरि काट्यो
दुई बुड़ीको ताना तानले, लुगा सबै फाट्यो !

गोजीमा भाको पैसा जती, कान्छीले सबै खोसी
जेठी चैँले मेरो मुखमा, अगुल्ठोले झोसी !

जेठी हिँडी छुट्टीएर, कान्छी पोइलाई गई
दुई बुड़ीको पोई अब, कुना बसी रोई !
दुई बुड़ीको पोई अब, एक्लै बसी रोई !!!!!

68) श्रीमतिको गति :

अर्काको बूड़ी ल्याएँ मैले, पच्चिस हजार तिरी
बुड़ी सित नानी पनी, पाएँ एउटा फ्री !

बिहे गरेको दुई चार दिनमै, भुँडी दुख्यो भन्छे
बल्ल बल्ल बूड़ी ल्याएँ, अझै प्रेग्नेन्ट् पो रहिछे !

घरको काम सम्हाल्छीन्, भनेर बूड़ी ल्याइयो
बुड़ी लयाको छ: महिनामै, घोरले छोरो पाइयो !

काम कुरो लाथालिंग, मलाइनै पर्यो भार
नानी रुन्छ एकातिर, बूड़ी चैं लम्पसार !

रात भरी फत्रक्-फत्रक्, शोला हान्यो भन्छे
जहिलेसुकै भुँडी दुखने, ग्यस्ट्रिक पनि रहिछे !

चिसो चाप्लो खायो भने, भुँडी फुल्छ हुस्स
एक्छिन पछी नाक भचाँउने, बम छोड़छे फुस्स

डाक्टरकोमा लैजाउँ भने, पैसा निक्कै जान्छ
चेकअप गर्ने निहुँ गरी, जतासुकै छाम्छ !

बीमार भएकी बहना गरी, कहिले गर्छिन छट्टू
आफु चईं भने जुठो भाँडा, माजदा-माजदा हत्तु !

यस्ता बुड़ी ल्याउनु भन्दा, एक्लै बस्नु वेश
दुई चार माऊ कुखुरा पनि, झाँक्री लगाएर शेष !

धामी झाँक्री लाउँदा पनि, भुँडी दुखने गएन
जातासुकै छामे पनि, डाक्टर नादेखाई भएन !

दवाई पानी गर्दा गर्दा, निक्कै जाती भईन्
झिटी मिटी पोको पारी, अर्कैं सित गईन् !

सोंचेको थिएँ बिहे गरे पछि, लागिन्छा होला ऊंभो
अर्काको स्वास्नी ल्याउँने हुँदा, ऋणमा टुप्पी डूब्यो !

सुझाऊ छ मेरो हे साथी भाई हो, नल्याउँनु अर्काको स्वास्नी
भनेको यदि मानेनौं भने, म जस्तै होलानी !!!!!!!!!!!!!!!!!!

भईयो गुड़ीया,
नल्याउँनु साथि भाई हो, यस्ता बुड़ीया !!!!

69) अचेल्को फेशन :

अचेल्का केटीहरूले, लाउँछ मिनी स्कर्ट्
कपाल काटी रंग धसी, भन्छ यही हो थाई कट् |

लूकी लूकी मोबाइलमा, सूटूक्क बात गर्छे
टिउसन जाने नेहूँ गरी, बैफ्रेंड सित भेट्छे |

जुत्ता लाउँछ छ: इंच अग्लो, हिंड्छ बांगो बांगो
लूगा लाउँछ छोटो छोटो, आधा सरीर नांगो |

अर्काको लूगालाई भन्छ, जैबंग्लाको सस्तो
आफ्नै फेशन हेर्यो भने, कपड़ा नपुगे जस्तो |

जिन्स पेन्ट लगाईं घुम्न हिंड़छे, चिटिक्क कपाल कोरी
कस्तो फेसन ठिम्याउनै नसक्ने,आमा होकी छोरी |

केश बनाउछ रातो खैरो, ओंठमा धस्छिन लाली
सिन्दूर पोते साड़ी फ्यांकी, जिन्स पेन्ट् लगाउन थाली |

अचेलका केटाहरुको, राम्रो छैन चाल
तरुनिहरू देख्यो भने, मुख भरी राल |

कानमा लाउँछ कून्डल, केश पाल्छ झ्याप्प
ड्रग्स खांदा खांदा, टूइंके सुकेर स्याप्प |

लुकी लुकी खान्छ रक्सी, भन्छ खाको स्प्राइट्
तान्छ सिग्रेट् खान्छ खैनी, नाकमा दल्छ डेन्ड्राइट् |

केश बनाउछ जुरेली जस्तै, लगाउँछ दामी सेन्ट्
जुत्ता लगाउँछ डेड़ फूट लामो, कम्मर मुनि पेन्ट् |

बाबू भन्छ न्यूज़ हेर्ने, आमा सेरियेल हेर्ने
छोरा भन्छ एक्शन मूवी, छोरी फेशन हेर्ने |

कालिम्पोंगमा छोरा पड़छ, दार्जिलिंगमा छोरी
महिनै पीछे खबर आउँछ, पैसा पठाउनु फेरी |

छोरा छोरी चैं हाई-फाई, देखाउंछ स्कूलमा
आमा बाबू चै डूबी रहेछ, गुन्द्रुकको झोलमा |

बाबू चैंले पैसा पठाए, पांच हजारको ड्राफ्ट्
छोरो चैले पैसा थापी, गर्ल्फ्रेन्ड लिएर टाप् !!……….

अचेलको कस्तो यो फेशन
छोरा छोरीलाई लागेछ देशान !

लुगा लाउँछ देख्ने छ्वंगै
माथि छोप्यो तल व्हांगई !!!!,,,,,, आईयाऊ !!

70) AJHAI BRAKE PANI CHHAINA !

euta cycle ma tin jana ketaharu speed aauchha. roadko beechma ubhiera police karauchha: euta cycle ma tin tin jana?? tehi pani helmet chhaina Ghanti pani chhaina, rok rok!!,,,,,
ketaharu: baato chhod,,, hawaldar sahab!! yesma ajhai brake pani chhaina,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *